सप्तकोसी नदीमा ठूलो बाढी आएको छ। सुनसरीको चतरामा जलसतह बढ्दो रहेकाले कटान र डुबान हुने क्षेत्रका बासिन्दालाई उच्च सकर्तकता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गरी उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन भनिएको हो।
भदौ ८ बिहान ९ बजे
सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ र सतर्कता तह(६ मी) नजिक पुगेको छ।तमोर,सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझ सम्मै उच्च सतर्कता अपनाऔ।@NDRRMA_Nepal — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 25, 2023
48
Shares
प्रतिक्रिया