ad ad

समाज


नवलपरासीका एक युवकको हत्या आरोपमा चितवन र सिरहाका दुई युवक पक्राउ

नवलपरासीका एक युवकको हत्या आरोपमा चितवन र सिरहाका दुई युवक पक्राउ

नेपालखबर
भदौ ९, २०८० शनिबार ९:७, धादिङ

नवलपरासीका एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चितवन र सिरहाका दुई युवकलाई पक्राउ गरेको छ। 

देवचुली नगरपालिका- ३ स्थायी घर भई चितवको भरतपुर नगरपालिका- ३ बाह्रघरेमा डेरा गरी बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले चितवन र सिराहाका दुई युवकलाई पक्राउ परेको हो। 

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-४ का २५ वर्षीय विनय गौतम र सिराहाको धनगढीमाई नगरपालिका-१ का २१ वर्षीय योगेन्द्र साह रहेका प्रहरीले जनाएको छ।

केही दिनअघि रचन धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए। उनका बाबु तिलक श्रेष्ठले दिएको किटानी जाहेरीका आधारमा धादिङ प्रहरीले गौतम र साहलाई पक्राउ गरेको हो। 

गौतमलाई  धादिङको गजुरी गाउँपालिका-२ बाट र  शाहलाई सिरहास्थित उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

उनीहरुविरूद्ध  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुलेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .