पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक दुर्घटना हुँदा १७ वटा भैँसी र राँगा मरेका छन्।
१६ वटा राँगाभैँसी लिएर कपिलवस्तुको बहादुरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना४ख ९२२७ नम्बरको ट्रक सडकबाट तल खस्दा १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।
दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका १९ वटा भैँसी/पाडा भने जीवितै छन्।
मरेका भैँसी र पाडाको व्यवस्थापनतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया