आफ्नो जिउ ज्यानको सुरक्षा मागसहित गत असार १० गतेदेखि अनशनरत बाँकेको बैजनाथपुर ६ की आरती रावल (गिरी) र सरकारबीच सहमति भएको छ।
हाल नेपालगञ्ज उपमहानगरपालिका-९ बस्ने आरतीसँग सहमतिसँगै अनशन पनि तोडिएको छ।
आफ्नो श्रीमानविरुद्ध वैवाक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सुरक्षा माग राखी उनी माइतीघर मण्डलमा अनशनरत थिइन्।
सहमतिअनुसार अब शान्ति सुरक्षाका लागि गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन दिने भएको छ।
सहमति पत्रमा आरती र गृह मन्त्रालयको तर्फबाट उपसचिव कुल बहादुर जिसीले हस्ताक्षर गरेका छन्।
39
Shares
प्रतिक्रिया