ad ad

समाज


गोरु जोगाउन गएका कान्छालाललाई बाघले मार्‍याे

गोरु जोगाउन गएका कान्छालाललाई बाघले मार्‍याे

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८० बिहिबार ९:१२, पर्सा

पर्साको ठोरीमा बाघको आक्रमणमबाट एक जनाको मृत्यु भएको छ। 

ठोरी गाउँपालिका– ५ सुवर्णपुरका ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो आफ्नै घर नजिकै बारीमा उनलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

बाघले आक्रमण गरेर मृत्यु भइसकेको अवस्थामा बुधबार राति आफन्तले दोङको शव फेला पारेका थिए।  

घर नजिकै गोरु बाँधेको ठाउँमा जाँदा बुधबार दिउँसो उनलाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ। 

बाघको आक्रमणबाट एउटा गोरु पनि घाइते भएको छ। अर्को गोरु भने दाम्लो चुँडाएर भागेकाले बाघको आक्रमणबाट जोगिएको स्थानीयले बताएका छन्। 

बाघले गोरुलाई आक्रमण गर्न थालेपछि बाघलाई धपाउन जाँदा दोङलाई नै बाघले आक्रमण गरेको हुनसक्ने अनुमान आफन्तले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .