प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (बिहीबार) देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गर्छन्।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
यसै क्रममा काठमाडौंको गोकर्ण मन्दिर क्षेत्रमा आज बिहान देखिएको जनैपूर्णिमा तथा रक्षाबन्धनको रमझम-
45
Shares
प्रतिक्रिया