ad ad

समाज


४८ एसपीको सरुवा, १४ जिल्लाका प्रमुख परिवर्तन (सूची)

४८ एसपीको सरुवा, १४ जिल्लाका प्रमुख परिवर्तन (सूची)

नेपालखबर
भदौ १६, २०८० शनिबार ७:५७, काठमाडौँ

प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।

कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो।

सरुवासँगै एसपी इन्चार्ज रहने १४ जिल्लाका प्रमुख फेरिएका छन्।

पश्चिम नवलपरासीमा काजीकुमार आचार्य, पूर्वी नवलपरासीमा नरहरी रेग्मी, सप्तरीमा गजुसिद्धि बज्राचार्य, कपिलवस्तुमा नवरत्न पौडेल र सुससरीमा विपिन रेग्मी सरुवा भएका छन्।

यस्तै भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्रकुमार श्रेष्ठ, कास्कीमा मोहनकुमार थापा, उदयपुरमा रमेश थापा, दाङमा रामबहादुर केसी, इलाममा वासुदेव खतिवडाले जिम्मेवारी पाएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत सञ्जजयसिंह थापालाई नुवानकोट, मकवानपुरमा सीताराम रिजाल, बारामा सुरेश कुमार काफ्ले सरुवा भएका छन्। बारामा कार्यरत होबिन्द्र बोगटीलाई सीआईबीमा सरुवा गरिएको छ।

हेर्नुहोस् एसपी सरुवा सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .