ad ad

समाज


११ दिनअघि विद्यालय हिँडेका शिक्षक घर फर्केनन्, खोज्न प्रहरी परिचालन

गन्नीगाड नजिकै भेटियो चप्पल
११ दिनअघि विद्यालय हिँडेका शिक्षक घर फर्केनन्, खोज्न प्रहरी परिचालन

नेपालखबर
भदौ १६, २०८० शनिबार १९:२९, काठमाडौँ

विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन्। 

जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन्।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। 

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उनले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ।

प्रहरी निरीक्षक केसीले भने, ‘बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .