ad ad

समाज


गोसाइकुण्डबाट हराएका किशोर ३ दिनपछि घाइते अवस्थामा खोपाङ भिरमा भेटिए

गोसाइकुण्डबाट हराएका किशोर ३ दिनपछि घाइते अवस्थामा खोपाङ भिरमा भेटिए

भेटिएका किशोर। तस्बिर : नेपाल प्रहरी


नेपालखबर
भदौ १७, २०८० आइतबार ८:१, रसुवा

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँका एकजना किशोर शनिबार भेटिएका छन्। 

काठमाडौंको लाजिम्पाट बस्दै आएका १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न भेटिएका हुन्।

आमाको साथमा गोसाइकुण्डबाट फर्किने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा उनी हराएका थिए। पैदलयात्राका क्रममा आमासँग दूरी फरक परेपछि उनी मुख्य बाटो भुलेर जङ्गलतिर पस्दा हराएका थिए। 

उनी टाउको र शरीरमा चोट लागेको अवस्थामा भेटिएपछि उद्धार गरेर रसुवा अस्पतालमा उपचार भइरहेको छ। 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार साहले बताए।

प्रवेश हराएको खबरपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले खोजी गरेका थिए। 

ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी खोजीमा परिचालित थिए। शनिबार धुञ्चेपारिको खोपाङ भीर इलाकाको खोल्सामा उनी भेटिएका हुन्। 

दुई दिनको प्रयासपछि घिस्रिँदै खोपाङको खोल्सो छिचोल्दै उनी सडकमा पुगेका थिए। सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .