ad ad

समाज


दानमा प्राप्त जग्गा किनेको देखाउने वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दानमा प्राप्त जग्गा किनेको देखाउने वडाअध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
भदौ १७, २०८० आइतबार १६:९, काठमाडौँ

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ तत्कालीन वडाअध्यक्ष रमेश कुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनिमियतता गरेको आरोपमा वडाअध्यक्ष बस्नेत, गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध मुद्दा दायर भएको हो।

उनीहरुले लिखुपिके गाउँपालिका–२ को भवन निर्माणको लागि जग्गा निःशुल्क दानपत्रमार्फत प्राप्त गरी उक्त दानपत्रबाट प्राप्त जग्गालाई छ लाख रुपैयाँमा खरिद गरेको भनी देखाई भुक्तानीको लागि लिखुपिके गाउँपालिकाबाट भुक्तानी लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदासमेत जग्गा खरिद गरेको भनी झुट्ठा ब्यहोरा उल्लेख गरी भुक्तानी नै दिन नमिल्ने रकम छ लाख रुपैयाँ भुक्तानी लिई, दिई, दिन लगाई रमेश कुमार बस्नेत, राजेन्द्र भण्डारी र जीवन सुवेदीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा उल्लेख भएबमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ।

निजहरुलाई छ लाख रुपैयाँ बिगो कायम गरी बिगोसमेत असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .