नेपाल नागरिक उड्डयन प्राधिकरणले बढी दुर्घटना हुने काठमाडौं–लुक्ला रुटमा मौसमको जानकारीका लागि क्यामेरा जडान गरेको छ।
राष्ट्रिय आविस्कार केन्द्रको सहकार्यमा फाल्लु क्षेत्रमा क्यामेरा जडान गरेको हो।
प्राधिकरणले केही समयअघि मात्रै जोमसोम पोखरा रुटमा मौसमको जानकारीका लागि क्यामेरा जडान गरेको थियो।
नेपाल नगरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदिप अधिकारीले अब नेपालका कुनैपनि रुटमा उडानको लागि समस्या नभएको बताए।
‘पोखरा जोमसोम रुट र लुक्ला काठमाडौं रुटमा मौसमको जानकारी लिनको लागि क्यामेरा जडान थिएनन्,’ अधिकारीले भने,‘दुवै रुटमा क्यामेरा जडान भएकाले हाम्रा उडानलाई थप सुरक्षित बनाउँछ।’
39
Shares
प्रतिक्रिया