ad ad

समाज


हर्क साम्पाङ भन्छन् : चर्च–मन्दिर विवाद विनविनको अवस्थामा छिट्टै हल हुनेछ

हर्क साम्पाङ भन्छन् : चर्च–मन्दिर विवाद विनविनको अवस्थामा छिट्टै हल हुनेछ

धरानमा एकअर्काका सामुन्न खडा गरिएका मन्दिर र चर्च।


नेपालखबर
भदौ २०, २०८० बुधबार १३:३०, काठमाडौँ

हिन्दु मन्दिरको ठीक सामुन्ने क्रिश्चियन धर्मावलम्बीले चर्च बनाएपछि धरान उपमहानगरमा केही समययता धार्मिक-जातीय मनमुटाव छ। यसकै कारण यही भदौ ९ गते झन्डै साम्प्रदायिक दंगा भएको। तर त्यहाँका राजनीतिक दल र नागरिक समाजको सुझबुझपूर्ण निर्णयले त्यसो हुन पाएन।

यसकै कारण धरान उपमहानगरका मेयर हर्क साम्पाङसमेत विवादमा तानिए। उनलाई हिन्दुधर्मविरोधी तथा क्रिश्चियन धर्मको पास्टर भएको आरोपसमेत लाग्यो। तर यसलाई खण्डन गर्दै उनले आफू त्यस्तो नभएको स्पष्टीकरण दिएका छन्। 

तत्कालका लागि त्यहाँ धार्मिक–जातीय भिडन्त रोकिए पनि चर्च–मन्दिर विवाद भने साम्य भइसकेको छैन। 

यसैबीच मेयर साम्पाङले यो विवाद विन–विन अर्थात् जित–जितको अवस्थामा छलफल भइरहेको चाँडै सहमतिमा पुगिने दाबी गरेका छन्। 

हिन्दुधर्मावलम्बीको पर्व श्रीकृष्ण जन्माष्टमीका दिन बुधबार मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चर्च र मन्दिरबीचको विवादमा धष्ल धष्ल अवस्थामा छलफल भइरहेको छ। छिट्टै हल गरिनेछ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .