ओखलढुंगामा आफ्नै उमेरका एक वृद्धकाे हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्।
छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो।
दुवै जनाबीच बुधबार बिहान सामान्य भनाभन भएको थियो। गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर गम्भीर घाइते भएका थिए।
अधिकारीलाई तत्कालै उपचारको लागि अस्पताल लगिएको थियो। अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।
घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन्। रासस
27
Shares
प्रतिक्रिया