दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङ बस्ने १६ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
किशोरले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
57
Shares
प्रतिक्रिया