ad ad

समाज


सुनकोशी नदीमा पुरुषको शव फेला

सुनकोशी नदीमा पुरुषको शव फेला

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १८:०, काठमाडौँ

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३ बसेरी नजिक सुनकोशी नदीमा एक पुरुषको शव फेला परेको छ।

नाम थर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको पुरुष व्यक्तिको लाश पानीमा घोप्टो परी तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सो सम्बन्धी सूचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको टोली खटि गई लाश पानीबाट किनारमा निकालेको थियो।

लास सडी गली सकेको अवस्थामा कारण प्रारम्भिक अनुसन्धान तथा मुचुल्ला लगायतको काम सम्पन्न गरि सदगत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशब कटुवालले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .