त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पीजंग कार्की र जावलाखेल युथ क्लबका हिसुब थपलियाले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्।
म्यानमारसँगको पहिलो मैत्रीपूर्ण खेलमा सुरुवाती रोजाइमा स्थान बनाउँदै जिलेस्पीले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।
जिलेस्पीले यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएपनि अन्तिम छनोटमा स्थान बनाउन सकेनन्। जिलेस्पीले यसै पटक सहिद स्मारक ए डिभिजन लिगमा खेलेका थिए।
हिसुबले खेलको दोस्रो हाफमा अन्जन विष्टको स्थान लिदै मैदान छिरेका थिए।
87
Shares
प्रतिक्रिया