ad ad

समाज


चितवनमा दुई ट्रक आसपमा ठोक्किँदा एक चालकको मृत्यु

चितवनमा दुई ट्रक आसपमा ठोक्किँदा एक चालकको मृत्यु

नेपालखबर
भदौ २३, २०८० शनिबार १०:३१, चितवन

चितवनमा दुईवटा ट्रक आपसमा ठक्कर खाँदा एक जना चालकको मृत्यु भएको छ। 

पूर्व–पश्चिम राजमार्गमा पर्ने राप्ति नगरपालिका ३ झुरझुरेमा आज बिहान पूर्वतर्फ जाँदै गरेको प्र-२-३००२ ख ५६०९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक ठोक्किएका हुन्। 

दुर्घटनामा ना ३ ख ५४८८ को ट्रक चालक प्रकाश कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पूर्वी नवलपरासीको गैँडाकोट–१ का ४२ वर्षीय कुँवरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भतरपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए।

दुर्घटनामा १८ वर्षीय रविनकुमार यादव र  बारा निजगढ ४ घर भएका २८ वर्षीय निकेश राउत कुर्मी घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .