ad ad

समाज


कोरोना संक्रमितको उपचार गर्न ५ दिनमा हजार बेडको अस्पताल बनाउँदै चीन

कोरोना संक्रमितको उपचार गर्न ५ दिनमा हजार बेडको अस्पताल बनाउँदै चीन

नेपालखबर
माघ १०, २०७६ शुक्रबार १०:५४,

कोरोना भाइरसबाट मारिनेको संख्या बढ्दै जाँदा चीनले यसबाट संक्रमितहरुको उपचारका लागि छुट्टै अस्पताल बनाउन थालेको छ।

चीनले पाँच दिनमा एक हजार शैय्याको अस्पताल बनाउने लक्ष्य लिएको छ।

कोरोना भाइरस उत्पत्तिको केन्द्रविन्दु मानिएको वुहान सहरमा अस्पताल बनाउन सुरु गरिएको हो।

बिहीबार राति ३५ खन्ती मेसिन र १० बुलडोजर सो स्थानमा आइपुगेर काम थालेका छन्। सोमबारसम्ममा अस्पताल तयार हुने बताइएको छ।

सन् २००३ मा सार्सका संक्रमण फैलिँदा पनि चीनले यस्तै खालको अस्पताल निर्माण गरेको थियो।

चीन छोटो समयमा विशाल भवन निर्माणका लागि प्रख्यात छ।

कोरोना भाइरसबाट हालसम्म २६ जनाको ज्यान गइसकेको छ भने ८ सय ८० जनामा संक्रमण देखिएको छ।

सार्स देखिएको बेला सरकारी अधिकारीहरुको ढिलाइले धेरैको ज्यान गएको आरोप खेपेको चीनले यसपटक भने कोरोना भाइरसको फैलावट रोक्न तदारुकता देखाएको छ।

वुहानसहित तीन चिनियाँ सहरमा आवतजावत तथा भेलामा प्रतिबन्ध लगाइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .