ad ad

समाज


सुनजस्तो देखिने औँठी र ब्रासलेटसहित एयरपोर्टबाट ४ जना पक्राउ

सुनजस्तो देखिने औँठी र ब्रासलेटसहित एयरपोर्टबाट ४ जना पक्राउ

नेपालखबर
भदौ २४, २०८० आइतबार २१:४६, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैधरूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

उनका अनुसार हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौं आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैधरूपमा लुकाइछिपाई भन्सार छली गर्न लगाई शनि देउला र कमल गुरुङले सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई त्यहाँ तैनाथ प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .