ad ad

समाज


मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

नेपालखबर
भदौ २६, २०८० मंगलबार १३:२४, काठमाडौँ

सप्तरीको सुरुङगा नगरपालिका–२ भेडियास्थित कदमाहा– गाईगाट सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

मृत्यु हुनेमा सुरुङगा नगरपालिका २ कै अघनिया देवी कोईरी रहेकी छन्।

सोमबार दिउँसो कदमाहा–गाईगाट सडक खण्डमा भेडियादेखि कडोरवातर्फ जाँदै गरेको प्र–२–०१–००२ प २३४८ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।

टाउको र दाहिने खुट्टामा चोट लागी लाहानस्थित सप्तऋषी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगरतर्फ पठाइएकोमा उनको अहीर अस्पताल प्रालि महुलीमा ईसीजी गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

मोटरसाइकल चालक सप्तरीको सुरुङगा–३ का निश्चल चौधरी र मोटरसाइकललाई ईप्रका कडरबोनाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .