धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ।
धरान उपमहानगरपालिका- १५ स्थित खिरिया बस्तीमा पुगेर एउटा समूहले बेघाको घरमा तोडफोड गरेको हो।
तोडफोडबाट झ्यालको शिशा फुटेको छ। उपप्रमुख बेघाका भाइ विष्णु लाई कुटपिट गर्न पुगेको उक्त समूहले घर तोडफोड गरेको हो।
घर तोडफोड हुनेबित्तिकै खबर गरिए पनि प्रहरीले शान्ति सुरक्षा नदिएको गुनासो बेघाले गरेका छन्।
धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन्। धरानका प्रमुख हर्क साम्पाङबाट नियमित सार्वजनिक भइरहेका आपत्तिजनक अभिव्यक्तिले पनि तनाव बढाएको भन्दै उनको आलोचना हुने गरेको छ।
1.2k
Shares
प्रतिक्रिया