वर्षायाम अर्थात् मनसुन भएकाले अहिले वर्षासँगै मेघगर्जन/चट्याङ स्वाभाविक हो। तर गएराति काठमाडौं उपत्यकाका बासिन्दाले अलि बढी नै मेघगर्जन/चट्याङको आवाज सुने।
स्थानीयका अनुसार बुधबार राति काठमाडौं उपत्यकामा ठूलठूलो आवाजमा श्रृंखलाबद्ध रूपमा निद्रै विथोलिनेगरी मेघगर्जन भएको थियो, चट्याङ परेको थियो।
यस्तो किन भयो?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहान तथा दिउँसो–दिउँसो चर्काे घाम लागेका कारण मेघगर्जन/चट्याङ बढी भएको हो।
‘दिउँसो चर्काे घाम लागेपछि वाफ बन्ने क्रम बढ्छ, त्यो उडेर माथि पुगेपछि चिसिन्छ र बादल बन्छ’, उनले भने, ‘जब बादल बढी बन्छ, तब स्वाभाविक रूपमा गड्याङगुडुङ र चट्याङ बढी मात्रामा हुन्छ।’
यसलाई मौसमविद्का भाषामा ‘कन्भेक्टिभ सिस्टम’ भनिन्छ। ‘दिनभर चर्काे घाम लागेपछि यो सिस्टम बढ्छ’, मौसमविद् लामिछानेले भने।
Shares
प्रतिक्रिया