भारतमा चोरी गरेर नेपालतिर छिर्न लागेका तीनजना नेपाली कैलालीको गौरीफन्टा नाकाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का छन्।
उनीहरुले काम गर्दै आएको भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेर नेपालतिर भागेका थिए।
उनीहरुलाई चोरी गरेर ल्याएको ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुनसहित पक्राउ गरिएको हो।
नेपालतिर छिर्न लागेको अवस्थामा भारतीय प्रहरीद्वार पक्राउ परेका उनीहरुलाई उत्तर प्रदेशस्थित लखिमपुर अदालतमा पठाइएको छ।
234
Shares
प्रतिक्रिया