ad ad

समाज


जनकपुरमा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

जनकपुरमा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २९, २०८० शुक्रबार १०:५१, धनुषा

धनुषाको जनकपुरमा सडकको खाल्डोमा खसेर दुई वर्षीय बालकको मृत्यु एको छ।

सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना निवासी रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार बिहान सबेरै खेल्ने क्रममा बालक घर अगाडिको सडकको खाडलको पानीमा खसेका थिए। बालकलाई नदेखेपछि अभिभावकले खोजी गर्दा उनी खाडलमा मृत फेला परेका हुन्।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .