ad ad

समाज


भरतपुरमा वृक्षरोपण र सरसफाइ गर्दै मेयर रेनु दाहाल (तस्बिरहरु)

भरतपुरमा वृक्षरोपण र सरसफाइ गर्दै मेयर रेनु दाहाल (तस्बिरहरु)

नेपालखबर
भदौ २९, २०८० शुक्रबार ११:५१, चितवन

चितवनको भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा वृक्षरोपण तथा सरसफाइ अभियानकाे सुरुवात गरेको छ। 

नगर प्रमुख रेनु दाहालको नेतृत्वमा शुक्रबार बिहान नारायणी नदी किनारमा सरसफाइसँगै वृक्षरोपण गरेर याे अभियान सुरु गरिएको हो।

महानगरको बृहत सरसफाइ तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत शुक्रबार बिहान नारायणी नदी किनारमा पाम, समी, पिपल, वर लगायतका छिटो सर्ने विरुवा रोपिएको दाहालको सचिवालयले जनाएको छ। 

पवित्र धार्मिक तिर्थ स्थल र महानगरको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भइरहेको नारायणी किनारको सौन्दर्यकरणका लागि सरसफाइ तथा वृक्षरोपण गरिएको हो।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानासहित सयौँ स्थानीयको सहभागिता थियो। 

सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार अब नियमित रुपमा महाननगर क्षेत्रमा सरसफाई गरिने बताइन्।

सरसफाई कार्यक्रममा अभियान्ता, टोल सुधार समितका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .