ad ad

समाज


दैलेखमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु, २ जना घाइते

दैलेखमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु, २ जना घाइते

नेपालखबर
भदौ ३०, २०८० शनिबार ५:५७, दैलेख

दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका छन्।

सदरमुकाम दुल्लु नगरपालिकाको भित्रि सडकमा लु ३ त ९६९४ नम्बरको ट्रयाक्टर पल्टिँदा दुल्लु–२ का २५ वर्षीय धर्म महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।  

दुर्घटनामा दुल्लु–३ का भूपेन्द्र सावद र रमित सावद घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .