ad ad

समाज


अपडेट : काठमाडौँ गैरीगाउँमा हत्या भएका ४ मध्ये ३ जना एकै परिवारका, सबैको सनाखत

अपडेट : काठमाडौँ  गैरीगाउँमा हत्या भएका ४ मध्ये ३ जना एकै परिवारका, सबैको सनाखत

गैरीगाउँस्थित दिव्या स-मिल। चार जनाको यहि स-मिल भित्र विभत्स हत्या भएको थियो।


नेपालखबर
भदौ ३०, २०८० शनिबार ७:७, काठमाडौँ

काठमाडौँको गैह्रीगाउँमा हत्या गरेको अवस्थामा शनिबार बिहान फेला परेका चारवटा शवको सनाखत भएको छ। 

धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य स-मिलमा फेला परेका २ पुरुष र २ महिलाको शवको सनाखत भएको हो। 

हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन्।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२  तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीले जानकारी दिए।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले मदिरा पिएको पाइएको छ।

गएराति करिब १२ बजे तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ। 

प्रहरीले अहिले घटनास्थल पुगेर मुचुल्का लगायतका काम गरिरहेको छ। साथै अनुसन्धानका लागि तालिम प्राप्‍त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ। 

गैरीगाउँबाट सिनामंगलतर्फ जाने सडक किनारामै जोडिएको दिव्य स-मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको भएको प्रहरीले जनाएको छ।

चारवटै शवलाई पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ।

घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .