ad ad

समाज


न्यायपरिषद्ले गर्‍यो उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, को कहाँ? (सूचीसहित)

न्यायपरिषद्ले गर्‍यो उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, को कहाँ? (सूचीसहित)

नेपालखबर
भदौ ३१, २०८० आइतबार १७:४९, काठमाडौँ

उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशको सरुवा भएको छ। न्यायपरिषद्को आइतबार बसेको बैठकले १२ जना न्यायाधीशको सरुवा गरेको हो। 

यसअघि शुक्रबार बसेको बैठकले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो। 

उच्च अदालत जनकपुरकी न्यायाधीश शारङ्गा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको छ। 

त्यस्तै, उच्च अदालत विराटनगरका बलभद्र बास्तोलालाई जनकपुर सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालतका न्यायाधीश वामदेव ज्ञवालीलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा गरिएको छ। 

उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश निलम पौडेललाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमै सरुवा गरिएको छ। 

को कहाँ सरुवा भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .