सर्लाहीको कौडेनामा पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।
कौडेना गाउँपालिका ३ का चन्दन पासवानका चार वर्षीय छोरा रितिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पोखरीको डिलमा खेल्ने क्रममा आइतबार दिउँसो उनी पानीमा डुबेका थिए।
पोखरीबाट निकालेर गाउँकै स्वास्थ्य संस्थामा लगिएका बालकलाई थप उपचारको लागि प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
27
Shares
प्रतिक्रिया