ad ad

समाज


खोलामा नुहाउन गएकी १३ वर्षीया बालिकाको शव भेटियो

खोलामा नुहाउन गएकी १३ वर्षीया बालिकाको शव भेटियो

नेपालखबर
असोज २, २०८० मंगलबार ८:५१, कञ्चनपुर

कञ्चनपुरमा खोलामा नुहाउन गएकी १३ वर्षीया एक बालिकाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा डुबेको अवस्थामा नौखुरीकी १३ वर्षीया सृष्टि डगौराको शव फेला परेको हो।

घरबाट एक्लै खोलामा नुहाउन गएकी बालिका घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए। 

खोजतलास गर्ने क्रममा मृत अवस्थामा खोलामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .