ad ad

समाज


सर्लाहीका पुराना कांग्रेस नेताको निधन

सर्लाहीका पुराना कांग्रेस नेताको निधन

नेपालखबर
असोज ५, २०८० शुक्रबार ९:३०, सर्लाही

सर्लाही निवासी पुराना कांग्रेस नेता शिवप्रसाद दाहालको निधन भएको छ। 

हरिवन नगरपालिका- ११ बासाटोलस्थित आफ्नै निवासमा शुक्रबार बिहान ९१ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

लेखन र अध्ययनमा विशेष रुची राख्ने दाहालले आफूलाई बीपी कोइरालाको असल अनुयायी र जनकांग्रेसको रुपमा चिनाउँदै आएका थिए। उनले केही पुस्तक पनि लेखेका छन्। 

पछिल्लो समय भने उनी बुढ्यौलीको कारण कुनै पार्टीमा क्रियाशील थिएनन्।

उनका श्रीमती, चारभाइ छोरा र एक छोरी छन्। ०४८ सालपछिका केही निर्वाचनमा उनले उम्मेदवार बनेर पनि प्रतिस्पर्धा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .