बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ।
छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी बिजुली फरार भएका छन्।
फरार आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
180
Shares
प्रतिक्रिया