बझाङमा शारीरिक रुपमा अशक्त २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन्।
आइतबार बेलुका छबिसपाथीभेरा गाउँपालिका-१ अरिङगालका १३ वर्षीय बालक बलात्कारको आरोपमा पक्राउ परेका हुन।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार ती बालकमाथि घरमा कोही नभएको मौका छोपेर हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ।
घटनापछि फरार बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो।
पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन्।
आरोपित बालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
93
Shares
प्रतिक्रिया