ad ad

समाज


माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते

माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु, दुई जना घाइते

सांकेतिक तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १७:५१, काठमाडौँ

गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ।

रेसुङगा नगरपालिका वडा नम्वर ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।

यसैगरी सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका वडा नम्वर ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए।

मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

घाइतेहरुको  गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .