ad ad

समाज


क्रिकेट टोलीलाई बधाई दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने– राष्ट्रिय गौरव बढाएको छ

क्रिकेट टोलीलाई बधाई दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने– राष्ट्रिय गौरव बढाएको छ

नेपालखबर
असोज १३, २०८० शनिबार १४:२५, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा क्रिकेट टोलीका खेलाडीहरूलाई बधाई दिँदै पूर्वराजा शाहले अनेकौं प्रतिकुलताका बीच हासिल गरेको सफलताले नेपालको राष्ट्रि गौरव बढाएको बताएका छन्।

शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘मित्रराष्ट्र चाइनाको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदमा नेपालले मंगोलियासंग खेलेको टी–२० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र खेलाडीहरुले राखेको विश्वकीर्तिमानले हामीलाई अत्यन्तै खुसी तुल्याएको छ। देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतिहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेका छन यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महसुस गरेका छौं। विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरु र नेपाली क्रिकेट टीमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना।’

गत असोज १० गते एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाएका थिए।

यस्तै, दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .