ad ad

खेल


सनिसलाई किन्न ८ टोलीको घम्साघम्सी, गोलाप्रथाबाट ललितपुर सिटीमा अनुबन्धित

सनिसलाई किन्न ८ टोलीको घम्साघम्सी, गोलाप्रथाबाट ललितपुर सिटीमा अनुबन्धित

नेपालखबर
असोज १३, २०८० शनिबार १४:३९, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सनिस श्रेष्ठ ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्। राजधानीमा शनिबार जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा उनलाई ललितपुर सिटीले भित्र्याउन सफल भएको हो। 

उनलाई एनएसएलका ९ मध्ये ८ टोलीले उच्चतम मूल्यमा किन्न घम्साघम्सी गरेका थिए। सनिसको न्यूनतम मूल्य १ लाख ५० हजार थियो। धनगढी बाहेकका अन्य ८ टोलीले ३ लाख ५० हजारको उच्च मूल्यमा किन्न प्रस्ताव गरेका थिए। 

त्यसपछि भएको गोलाप्रथाबाट ललितपुरले उनलाई किन्न सफल भएको थियो। 

सनिसले गत दुई सिजन सहिद स्मारक ए डिभिजन लिग एपीएफ क्लबमा बिताएका थिए।

उनले प्रधानमन्त्री कप थ्री नेशन्स कपमा लोसविरुद्धको खेलबाट डेब्यू गरेका थिए। श्रेष्ठले राष्ट्रिय टोलीबाट ८ खेल खेलेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .