ad ad

समाज


एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटसहितको टोली काठमाडौंमा

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटसहितको टोली काठमाडौंमा

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट


नेपालखबर
असोज १४, २०८० आइतबार १८:४८, काठमाडौँ

अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ। आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको अल्ब्राइटसहितको टोलीलाई नेपालस्थित एमसीसीका कन्ट्री डाइरेक्टर डेन फर्नासिसको र सहायक डाइरेक्टर सन्जय पौडेलले स्वागत गरे। 

उक्त टोली कतार एयरवेजको उडान नम्बर क्युआर ६४६ मा दोहा हुँदै काठमाडौं आइपुगेको हो। 

टोलीमा एमसीसीका सार्वजनिक मामिला हेर्ने उपप्रमुख अयास हाउस, युरोप, ल्याटिन अमेरिका, एसिया हेर्ने सहायक उपप्रमुख जोनाथन ब्रुक्स, सीइओ कार्यालयका विशेष सल्लाहकार सिर्रा रोथार्मिक र सम्झौता कार्यान्वय विभागकी सहनिर्देशक मोनिका चाभेज छन्। 

करिब ५० करोड डलरको अमेरिकी सहायता परियोजना संसद्‌बाट ब्याख्यात्मक घोषणासहित अनुमोदन भएपछि कार्यान्वयनका लागि अमेरिकी टोलीले ताकेता गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .