ad ad

समाज


नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालखबर
असोज १६, २०८० मंगलबार १३:३४, काठमाडौँ

नेपालगञ्ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।

दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन्।

म‌ंगलबार दिउँसाे १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .