ad ad

समाज


देशभित्रै रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्रीको सुझाव

देशभित्रै रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्रीको सुझाव

नेपालखबर
असोज १८, २०८० बिहिबार १९:४, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन सुझाव दिएका छन्। 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजनाको ९ औं वर्ष पूरा भएको अवसरमा सीपमुलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले सो सझाव दिएका हुन्। 

‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ,’ अर्थमन्त्री डा. महतको सुझाव थियो।

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको उनको भनाइ थियो। ‘ठूलो संख्यामा युवाहरू विदेशिएका छन्। विदेशिएका युवाहरू पनि दक्ष छैनन्। दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन,’ उनले भने।

देशमा शिक्षाको विस्तार भएको भन्दै सरकारकै लगानीमा पनि सिटिभिटीमार्फत धेरै संस्था बनाएको जिकिर गरे। 

‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरू हुन्छन्। गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन्। सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन्,’ मन्त्री डा. महतले भने, ‘यसमा धेरै किसिमका डुब्लिकेसन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा किसिमको हुन्छ। विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुनेगर्छन्। जसबाट ठोस परिणाम आउँदैन।’

निश्चित समयावधिलाई मध्यनजर राखेर पाठ्यक्रम बनाएर तालिम दिन सकियो भने धेरै राम्रो हुने उनको सुझाव छ।

‘बदलिँदो परिस्थितिअनुसार अहिलेको माग के छ, औपचारिक शिक्षाभन्दा पनि विशेष आवश्यकता के छ? तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ कहाँ छ?,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .