ad ad

समाज


श्रीमतीसहित मनाङ घुम्न गएका अमेरिकी नागरिकको भीरबाट लडेर मृत्यु

श्रीमतीसहित मनाङ घुम्न गएका अमेरिकी नागरिकको भीरबाट लडेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार १०:३१, मनाङ

हिमाली जिल्ला मनाङमा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक  ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन्।

डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गर्दा भीरबाट खसेका हुन्। 

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति नै उद्धार गरी उनलाई उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे पुर्याएका थिए। 

उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले जानकारी दिए। डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबारै त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .