ad ad

समाज


सशस्त्र प्रहरीद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन

सशस्त्र प्रहरीद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस सञ्चालन

फाइल फोटो


नेपालखबर
असोज २१, २०८० आइतबार २०:५, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालले नेपालीहरुको महान चाडपर्व बडादसैँ, तिहार र छठको अवसर पारेर बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा सञ्चालन गर्ने भएको छ।

चाडपर्वको बेला घरविदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको आवतजावतमा यातायात सहजताको लागि गत बर्षदेखि सञ्चालन भएको निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ, भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।

बडादशैंको अवसरमा काँकडभिट्टाको लागि दिउँसो २ बजे र गड्डाचौकीको लागि विहान १० बजे मुख्यालयबाट छुट्ने दुई वटा बसले असोज २४ गतेदेखि कार्तिक १२ गतेसम्म सेवा प्रदान गर्नेछ।

त्यस्तै तिहार र छठ पर्वको अवसरमा सञ्चालन हुने बस समेत कार्तिक २४ गतेदेखि मंसिर ४ गतेसम्म सोही समयमा मुख्यालयबाट छुट्ने बरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए।

चाडपर्वको बेला सशस्त्र प्रहरी बल नेपालका अन्य पायक पर्ने इकाईहरुमा समेत बस सञ्चालनको लागि समन्वय अधिकृतको व्यवस्था गरेको छ।

यसभन्दा पहिला सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा सर्वसाधारण यात्रुहरुको सुविधालाई ध्यानमा राखी काठमाडौं उपत्यका भित्र निःशुल्क बस सेवा समेत प्रदान गर्दै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .