ad ad

समाज


हुम्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार

हुम्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते, गम्भीर घाइतेको हेलिकप्टरमार्फत उद्धार

नेपालखबर
असोज २२, २०८० सोमबार ९:४८, काठमाडौँ

हुम्लाको सदरमुकाम सिमकोटमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना वडाध्यक्षसहित नौं जना घाइते भएका छन्।

आइतबार दिउँसो सदरमुकाम सिमकोटबाट सिमकोटकै ठेहे तर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीम भट्टराईले जानकारी दिए। 

दुर्घटनामा सिमकोट–२ का वडाध्यक्ष देवजंग बोहरा, सिमकोट ३ का वडाध्यक्ष पामा लामासमेत घाइते भएका छन्।

‘दुर्घटनाका गम्भीर घाइते ३ जनालाई आइतबार साँझ हलिकोप्टरमार्फत् सुर्खेत पठाएका छौँ,’ भट्टराईले नेपालखबरसँग भने, ‘बाँकी घाइतेको सिमकोटकै असपतालमा उपचार हुँदै छ।’

दुर्घटनामा वडाध्यक्ष लामाको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अर्का वडाध्यक्ष बोहराको अवस्था भने सामान्य छ। 

दुर्घटनामा सिमकोट ३ का ध्रुव शाही, मालती भण्डारी, योजना ऐडी, मुटुव लामा, बाँसबहादुर भण्डारी, बालक सन्देश भण्डारी र गाडी चालक बालकृष्ण रावत घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .