हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश गरेको छ।
जिल्ला न्यायाधिश राजेन्द्र अधिकारीको बुधबार बसेको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ लाख रुपैयाँको दरले धरौटी माग गरेको थियो।
अदालतले माग गरेको धरौटी बुझाएर ६ जना बुधबार नै तारेखमा छुटेको जिल्ला अदालत मकवानपुरले जनाएको छ। हेटौंडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई भदौ २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा। प्रशान्त विडारीमाथि सांघातिक आक्रमण भएको थियो।
हेटौंडामा चिकित्सकमाथि सांघातिक आक्रमण भएसँगै देशैभर चिकित्सकमाथि सांघातिक आक्रमण सुरु भएको थियो।
यसैगरी, मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोप थप एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौंडा–१० बाट पक्राउ गरेको हो।
Shares
प्रतिक्रिया