ad ad

समाज


झापामा प्रधानाध्यापकलाई तनाव कम गर्न ध्यान शिविर

झापामा प्रधानाध्यापकलाई तनाव कम गर्न ध्यान शिविर

नेपालखबर
असोज २६, २०८० शुक्रबार १२:५३, काठमाडौँ

झापामा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकलाई भावातित् ध्यान शिविर सुरु हुने भएको छ। संकल्प प्रतिष्ठानको आयोजना र महर्षी फाउन्डेसनको सह आयोजनामा शनिबारदेखि सन्चालन हुन लागेको यो शिविर चार दिनसम्म चल्ने छ।

झापा क्षेत्र–४ भित्र पर्ने सामुदायिक र संस्थागत विद्यालयका प्रधानध्यापकहरु ध्यान शिविरमा सहभागी हुने आयोजक संकल्प प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र प्रसाईले जानकारी दिए।

झापाको सुरुङ्गास्थित लोटस पार्टी प्यालेसमा हुने यो चार दिने ध्यान शिविर ‘संवृद्धिका लागि संकल्प’ नारासहित संघीय सांसद लालप्रसाद साँवा लिम्बु (एलपी साँवा लिम्बु) को पहलमा सन्चालन हुन लागेको हो। दैनिक दुई घण्टा हुने ध्यानमा करिब एक सय जना प्रधानध्यापकहरुको सहभागिता रहने आयोजकको अनुमान छ।

माधव अर्यालले ध्यान शिविर सन्चालन गर्नेछन्।

‘तनाव कम गर्ने, जागृत बढाउने, सकारात्मक सोचको विकाशसहित हृदय रोग, मुटु रोग, मृगौला रोगजस्ता गम्भीर रोगको जोखिम न्यूनीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ’, अध्यक्ष प्रसाईले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .