घटस्थापनाको शुभ साइतमा आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा विधिवतरूपमा जमरा राखिएको छ।
बिहान ११ बजेर २९ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारका पुजारीले जमरा राखेका हुन्।
दसैँघरमा जमरा राख्ने क्रममा नेपाली सेनाको ब्याण्ड बाजाटोलीले मंगल धुन बजाएको छ। त्यसक्रममा नेपाली सेनाले बन्दुक पड्काएर बढाइँ गरेको छ।
दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गर्ने परंपरा छ।
27
Shares
प्रतिक्रिया