ad ad

समाज


वीभीएसद्वारा कान्ति बाल अस्पताललाई बर्नवार्ड स्थापनाका लागि उपकरण हस्तान्तरण

वीभीएसद्वारा कान्ति बाल अस्पताललाई बर्नवार्ड स्थापनाका लागि उपकरण हस्तान्तरण

नेपालखबर
असोज ३०, २०८० मंगलबार १७:५३, काठमाडौँ

अग्नि हिंसापीडित नेपाल (वीभीएस)ले कान्ति बाल अस्पताललाई बर्नवार्ड स्थापनाका लागि आवश्यक विभिन्न उपकरणहरू हस्तान्तरण गरेको छ। आज (मंगलबार) एक औपचारिक कार्यक्रमकाबीच अस्पतालका निर्देशक डा. पंकज रोयलाई वीभीएसले १९ वटा उपकरणहरू हस्तान्तरण गरेको हो।

असाहय र आर्थिक अवस्था कमजोर भएका अग्निजन्य हिंसामा परेका देशैभरीका बालबालिकाको सहज उपचारमा केही राहत पुगोस् भन्ने उदेश्यले उपकरणहरू वितरण गरिएको वीभीएस नेपालकी कार्यकारी निर्देशक प्रतिक्षा गिरीले बताइन्। निर्देशक गिरीका अनुसार उपकरणहरू हस्तान्तरण पछि रेखदेख, संरक्षण तथा मर्मत सम्भार भने अस्पतालले नै गर्नुपर्ने छ।

हस्तान्तरण गरिएका उपकरणहरूमा इन्फ्यूजन पम्प, आईसीयू बेड, ह्विलचियर, सिरिन्ज पम्प चार, ड्रेसिङ सेट, आईसीयू भेन्टिलेटर र कम्युटरलगायतका सामग्रीहरू रहेका छन्।

यस्तै, अस्पतालका निर्देशक डा. रोयले बर्न वार्डका लागि प्राप्त उपकरणहरूको सही सदूपयोग हुने अस्पतालले दिने सेवा प्रवाहमा सकारात्मक भूमिका खेल्ने बताए। यस्तै, बिरामीले पनि सहजरुपमा सेवा पाउने डा. रोयले विश्वास दिलाए।

यस्तै, उक्त कार्यक्रममा डा. बाल बस्नेतले वीभीएसले विगतदेखि बर्नमा विभिन्न स्वास्थ्यसम्बन्धी उपकरणहरू प्रदान गर्दै आइरहेकोले औषधि उपचारमा समस्या नदेखिएको बताए।

उनले भने, ‘सिविएसले विगतदेखि अस्पतालमा स्वास्थ्यका विभिन्न उपकरणहरू दिँदै आइरहेको छ। पैसा तिर्न नसक्ने विरामीहरूका लागि खर्च पनि बेहोर्ने, औषधिदेखि सबै कुराहरू गर्दै आइरहेको छ। यसले गर्दा बर्नमा हामीले औषधि छैन भन्नुपर्ने अवस्था आएको छैन।’

साथै सीवीएसले बर्न वार्डमा प्रत्येक हप्ता ३० वटा अण्डा, विभिन्न फलफुलहरू एक बाकस, सर्वोत्तम लिटो लगायतका खानेकुराहरू पनि दिँदै आइरहेको छ।

अस्पताल प्रशासनले आगामी दिनमा पनि यस्तै, स्वास्थ्य उपकरहरू सहयोगको अपेक्षा गर्दै वीभीएस नेपाललाई धन्यवाद दिएको छ। वीभीएसले यसअगाडि पनि कान्ति बाल अस्पताललाई विभिन्न स्वास्थ्य सम्बन्धी उपकरण सामग्रीहरू दिँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .