ad ad

समाज


इन्स्पेक्टर र असई गरी नेपाल प्रहरीमा ३५६ जनाका लागि जागिर खुल्यो (हेर्नुहोस् सूचना)

इन्स्पेक्टर र असई गरी नेपाल प्रहरीमा ३५६ जनाका लागि जागिर खुल्यो (हेर्नुहोस् सूचना)

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ८:४२, काठमाडौँ

नेपाल प्रहरीले इन्स्पेक्टर र असई गरी ३ सय ५६ जना नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ। 

प्रहरी निरीक्षक पदमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदमा सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन कार्यालय समयभित्र दरखास्त दिन प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

प्रहरी निरीक्षकका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

हेर्नुहाेस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .