रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ।
बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले समातेको हो।
युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन्।
हेरासचेन्कोले ट्विटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन्। जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न रुसी सेनामा भर्ती भएको बताएका छन्।
रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ। यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन्।
तल ट्विटरमा भिडिओ–
Bibek Khatri from Nepal, fighting on the Russian side, was taken prisoner by Ukrainian Armed Forces near Avdiivka.
— Anton Gerashchenko (@Gerashchenko_en) October 19, 2023
He signed a contract with the Russian Ministry of Defense and served in one of the Russian Airborne Forces brigades.
Khatri openly admitted that he went to war to… pic.twitter.com/GlMmV5Hm94
Shares
प्रतिक्रिया