बडादसैँको आगमनसँगै देशभरका शक्तिपिठहरु सिंगारेर मनमोहक बनाइन्छ। खासगरी दुर्गा भवानीको पूजा गरिने मठ मन्दिरलाई सरसफाई तथा रंगरोगन गरेर चिटिक्क बनाउने प्चलन छ।
दसैँको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बनाइएको छ।
बत्तीले सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइन्छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।
नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ।
54
Shares
प्रतिक्रिया