ad ad

समाज


रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, प्रहरीसहित ४ जना घाइते

रौतहटमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, प्रहरीसहित ४ जना घाइते

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८० आइतबार १२:३७, रौतहट

रौतहटको चन्द्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गमै जोडिएको चन्द्रपुर–५ राजपैडामा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया मनीयादेवी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए। 

घाँस काट्न घर नजिकैको जंगलमा गएको बेला शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। 

हात्तीले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन भागेकी धामीको शव आइतबार बिहान स्थानीय चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा फेला परेको हो।  

धामीसँगै घाँस काट्न गएकी सोही ठाउँकी ५३ वर्षीया अघनिया देवी चौधरी र ६० वर्षीया पनाबती देवी हात्तीको आक्रमणबाट घाइते भएका छन्। 

हात्तीले आक्रमण गर्न थालेपछि उनीहरुले भागेर ज्यान जोगाएका हुन्। गएरातिदेखि बेपत्ता भएकी धामीलाई खोज्न गएका प्रहरी पनि भागदौडका क्रममा घाइते भएका छन्।

आइतबार बिहान स्थानीय वासी, नेपाली सेना, प्रहरी र जिल्ला वन कार्यालय रौतहटका कर्मचारीको टोलीले खोजतलासको क्रममा महिलाको शव फेला पारेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले जानकारी दिए। 

घाइते दुई प्रहरीसहित चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 
मृतक महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर लगिएको छ। 

जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन्। विगत लामो समयदेखि जंगली हात्तीले बालिनाली खाइदिँदा रौतहटका स्थानीय पीडामा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .